×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं - आफ्नै घरमा ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

उनका ठूलो दाजु मीन भण्डारीले भने– अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् । सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको छ । कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्थ्यास्थ्यमा सुधार भइरहेको छ । डाक्टर र अस्पताल प्रशासन द्वारा आगन्तुकहरूलाई कडाइका साथ निषेध गरिएको छ।

फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्