×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवालाई डा. लोहनीको प्रश्न- मित्रता कायम गर्न लम्पसार नै पर्नुपर्छ ?

देउवालाई डा. लोहनीको प्रश्न- मित्रता कायम गर्न लम्पसार नै पर्नुपर्छ ?

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवा ‘प्रोटोकलविपरीत’ सत्तारूढ भाजपाको मुख्यालय पुगेपछि आलोचना भइरहेको छ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका देउवा भ्रमणका पहिलो दिन शुक्रबार भाजपाको मुख्यालय पुगेका थिए । 

सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ प्रधान मन्त्री भाजपा मुख्यालय पुगेको भनेर आलोचना भइरहेको हो । यहीबिच राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधान मन्त्री देउवाले दुई नयाँ कुरा गरिसकेको भन्दै व्यङ्ग्य गरेका छन् ।

पूर्व प्रधान मन्त्रीसमेत रहेको लोहनीले प्रतिपक्षी नेतासँग नभेट्नु र भाजपाको मुख्यालय पुग्नुलाई नयाँ कुराको संज्ञा दिएका हुन् । ‘सम्माननीय प्रधान मन्त्री देउवाले भारतमा दुईवटा नयाँ कुरा गरिसक्नु भयो । पहिलो उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन, दोस्रो बिजेपीको नेता भेट्न पार्टी कार्यालयमै जानु भयो । मेरो प्रश्न- के मित्रता कायम गर्न लम्पसार नै हुनु पर्छ र ? आफ्नो मर्यादा आफैले राख्ने कि नराख्ने ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि औपचारिक भ्रमणमा भारत आउने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो ।

प्रतिकृया दिनुहोस्