×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पन्त,सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पन्त,सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)हरु बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुक  अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् ।
गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको समितिले मंगलबार पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

पन्त वर्तमान आईजीपी थापाका ब्याची हुन् भने बाँकी दुई सिंह र धानुक वर्तमान एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् ।
सरकारले एआईजीका तीन दरबन्दी थपेको थियो । दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ८ पुग्ने छ । आगामी बैशाख १८ पछि एआईजीको चारवटा दरबन्दी रिक्त हुने छ । सिफारिस भएकाविरुद्ध एक साताभित्र कसैले उजुरी नगरे उनीहरु बढुवा हुनेछन् ।

एक नम्बरमा पन्त, दुई नम्बरमा सिंह र तीन नम्बरमा धानुक एआईजीका लागि बढुवा सिफारिस भएका हुन् ।

प्रतिकृया दिनुहोस्