×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेकपाको अध्यक्ष हुँदा प्रचण्ड सिंहजस्तो, अहिले ‘भिजेको बिरालो होइन, मुसोजस्तो’ : केपी ओली

नेकपाको अध्यक्ष हुँदा प्रचण्ड सिंहजस्तो, अहिले ‘भिजेको बिरालो होइन, मुसोजस्तो’ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोइकराई गरेपछि मात्रै गठबन्धनका नेताहरुले चुनावी सभामा बोल्न पाएको बताएका छन् ।अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रोइकराइ गरेपछि मात्रै बोल्न पाएको टिप्पणी गरे । 

बिहीबार कैलालीको बौनियामा आयोजित एमालेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसले सातै प्रदेशमा प्रचण्ड र दाहाललाई बोल्न नदिने तयारी गरेको र बालुवाटारमा अनुनय विनलय गरेपछि मात्रै बोल्ने अवसर जुटेको बताए । 

‘मेरी छोरीको उम्मेदवारी छ मेयरमा, मेरी छोरीको क्षेत्रमा काँग्रेसका सभापतिले बोल्ने, मलाई जान नदिने रु भनेर प्रचण्डले भनेपछि प्रचण्ड र माधव नेपाल दुवैलाई बोल्न दिएको छ भरतपुरमा,’ ओलीले भने । एमालेमा अपमान भयो भनेर हिँडेका माधव नेपाललाई अहिले काँग्रेसले बोल्न नदिँदा अपमान महसुस नभएको भन्दै ओलीले व्यङ्ग्य गरे । उनले प्रचण्ड तत्कालीन नेकपाको अध्यक्ष हुँदा सिंहजस्तो भएपनि अहिले ‘भिजेको बिरालो होइन, मुसोजस्तो’ भएको बताए ।

त्यस्तै, उनले निर्वाचन आयोगले एमालेको चुनाव चिह्न सूर्यलाई पनि हरियो बनाउने निर्णय बेठीक भएको बताए ।

उनले एमालेले देश बनाउने तर अरु दललाई देश विकासको वास्ता नरहेको बताए । ‘एमाले गाली कम्पिटिशनमा होइन, देश बनाउने काममा लागेको छ,’ ओलीले भने, ‘हुलाकी राजमार्ग बनाउन एमाले चाहियो, पूर्व–पश्चिम राजमार्ग चौडा बनाउन एमाले चाहियो, जनकपुरमा रेलको लिक बनाउन एमाले चाहियो ।’

प्रतिकृया दिनुहोस्