×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा

सैनिक प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी सिलवालमा

काठमाडौ-नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हालेका छन् । करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेका हुन् ।

बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।

 

प्रतिकृया दिनुहोस्