×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमै फर्किने रविको कसरत, बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

गृहमै फर्किने रविको कसरत, बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । फेरि गृह मन्त्रालयको जिम्मेवारीमै फर्किने तयारी गरेको उनी बिहान बालुवाटार पुगेका हुन् । 

नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नागरिकता लिएपछि गृह मन्त्रीमै फर्किने कसरत सुरु गरेका छन् । उनले यसअघि पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनौपचारिक वार्ता गरेका थिए ।

रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा रहेको बताइन्छ । एमाले अध्यक्ष ओली भने रविलाई गृहमै फर्काउन राजी छन् । 

रास्वपाको केन्द्रीय समिति बैठकले पनि विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने अडान लिएको छ । लामिछानेलाई गैरसांसदका रूपमा मन्त्रिपरिषद्‌मा लाने सम्भावना भने कम छ । गृह नपाएर रास्वपा सरकारबाट बाहिरिएको अवस्थामा कांग्रेसको ‘बार्गेनिङ’ शक्ति बढ्नेछ ।

प्रतिकृया दिनुहोस्