×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

को हुन् एलन मस्क ?

को हुन् एलन मस्क ?

एलोन मस्क दक्षिण अफ्रीकामा जन्मेका अमेरिकी उद्यमी र व्यापारी हुन् । उनले सन् १९९९ मा एक्स डटकमको सुरुवात गरेका थिए । जुनपछि पे पालको नामले परिचित भयो ।

उनले सन् २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे । उनले आफूले सुरु गरेको जिप २ नामक कम्पनी कम्पायाक कम्पूटर कम्पनीलाई बेचेपछि मस्क ३० वर्षको उमेर पुग्नु अगाडि नै मल्टी मिलिनियर हुन पुगे ।

मे २००२ मा मस्कले सबैको ध्यानआकर्षीत गराए जब स्पेसएक्सले रकेट प्रक्षेपण गर्‍यो । जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पहिलो सवारी साधन पठाउनको लागि थियो ।

सन् २०१६ मा सोलार-सिटीको खरीदसँगै उनले आफ्नो पोर्टफोलियोलाई बढावा दिए र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको सुरुका दिनहरूमा सल्लाहकारको भूमिका लिएर उद्योग क्षेत्रको प्रभावकारी नेताको रूपमा उनको अडान कायम गरे ।

जनवरी २०२१ मा, मस्कले जेफ बेजोसलाई विश्वकै धनी मानिसको सूचीमा उछिने । मस्कको जन्म २८ जून, १९७१मा दक्षिण अफ्रिकाको प्रिटोरियामा सहरमा भएको थियो । सानो छँदा, मस्क आविष्कारको बारेमा दिउँसौ सपना देख्दै यति हराएका थिए कि उनका अभिभावक र डाक्टरहरूले उनको सुनुवाइ जाँच गर्न सुझाव दिएका थिए ।

उनका बुबाआमाको सम्बन्धविच्छेदको समयमा उनी मात्र १० वर्षका थिए । मस्को सनैदेखि कम्प्युटरमा रुची थियो । उनले आफैंले आफैँलाई कसरी प्रोग्राम गर्ने भनेर सिकाए, र जब १२ बर्षको भए तब उनले आफ्नो पहिलो सफ्टवेयर लञ्च गरे । उक्त सफ्टवेयर ब्लास्टर नामक एक खेल थियो ।

ग्रेड स्कूलमा, मस्क सानोकद भएका, अन्तर्मुखी र किताबीकिरा थिए । उनी १५ वर्षको उमेरसम्मा स्कुलमा धेरै हेपिन्थे । त्यसपश्चात उनले आफूले आफैलाई विकास गर्ने निर्णय गरे र कराते र कुस्ती सिक्न थाले । आफ्नो बचाउ आफै भन्ने धारणले उनी अगाडि बढेका थिए ।

मस्ककी आमा, माये मस्क क्यानाडाली मोडल हुन् र कभरगर्ल अभियानमा स्टार गर्ने सबैभन्दा पुरानो महिला पनि हुन् । जब मस्क हुर्किरहेका थिए, उनकी आमाले आफ्नो परिवारलाई टेवा दिन पाँचवटा काम गर्थिन। मस्कका बुबा एरोल मस्क, धनी दक्षिण अफ्रिकी इन्जिनियर हुन् ।

मस्कले आफ्नो प्रारम्भिक बाल्यकाल आफ्नो भाई किम्बल र बहिनी तोस्कासँग दक्षिण अफ्रिकामा बिताए । उनी १० वर्षको हुँदा उनका आमाबुबाको सम्बन्धविच्छेद भएको थियो ।

१७ वर्षको उमेरमा, १९८९ मा, मस्क क्वीनस् विश्वविद्यालयमा पढ्नमा लागि र दक्षिण अफ्रिकी सेनामा अनिवार्य सेवाबाट बच्नका लागि क्यानाडा बसाई सरे ।

त्यस वर्ष मस्कले क्यानाडाको नागरिकता प्राप्त गरे, किनभने उनलाई उक्त मार्गबाट ​​अमेरिकी नागरिकता लिन सजिलो हुने थियो। सन् १९९२ मा मस्कले पेनसिल्भेनिया विश्वविद्यालयमा व्यवसाय र भौतिक विज्ञान पढ्न क्यानाडा छाडे । उनले अर्थशास्त्र मा स्‍नातक तह कटाए र भौतिक विज्ञानको दोस्रो स्‍नातकको तयारी गरे ।

पेनसिल्भेनिया छोडिसकेपछि मस्कले उर्जा फिजिक्समा पीएचडी गर्न क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीमा पुगे । उनको हरेक पाइला इन्टरनेटको बूमसँग ठ्याक्कै मिल्दोजुल्दो थियो, र उनी यसको हिस्सा बन्न दुई दिन पछि स्टेनफोर्ड छोडेर बाहिरिए ।

सन् १९९५मा उनको पहिलो कम्पनी जिप २ कर्पोरेसन सुरु भयो । मस्क २००२ मा अमेरिकी नागरिक बने ।

उनका कम्पनीहरु :

१. जिप २ कर्पोरेशन

२. पे पाल

३. स्पेस एक्स

४. टेस्ला मोटर्स

५. सोलार सिटि

प्रतिकृया दिनुहोस्