काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा डरलाग्दाे भूमण्डलीकृत परिदृश्य देखिरहिएकाे बताएका छन् । बिहीबार काठमाडाैँकाे कमलादीमा आयाेजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकाे पहिलाे राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै विप्लवले यस्ताे बताएका हुन् । एमसीसीकाे सन्दर्भ झिक्दै उनले भनेका छन्, ‘साम्राज्यवाद लाद्न खाेजिँदै छ नेपालमा, हाम्राे देशमा । अहिले साम्राज्यवाद डलर बाेकेर नेपाल प्रवेश गरेकाे छ ।’
यसकाे नेतृत्व नेपाली दलाल पूँजीवाद दल र नेताहरूले गरेकाे विप्लवकाे भनाइ छ । ‘एमसीसीकाे विरुद्धमा नयाँ माेर्चा खाेल्नुपर्छ,’ उनले भनेका छन्, ‘एमसीसी लादिएकाे छ । यसकाे नेतृत्व नेपालका दलाल पूँजीवादीहरूले गरिरहेका छन् ।’
यद्यपि यसकाे विपक्षमा आफूहरूले नयाँ माेर्चा बनाउने विप्लवकाे भनाइ छ । ६ दल र २ माेर्चा अहिलेसम्म सँगै रहेकाे उल्लेख गर्दै उनले भने— ‘हामी एमसीसीविरुद्ध नयाँ मार्चा खाेल्नेछाैँ र जसरी हामीले हिजाे सामन्तवाद गाउँगाउँबाट उखेल्याैँ । अब दलालहरूलाई पनि यसै गर्नुपर्छ ।’
उनले नेपालमा दलाल पूँजीवादीहरू बढ्दै गएकाे बताएका छन् । आफूहरू १७३ वर्षयता लडिरहेकाे उल्ले गर्दै उलने भनेका छन्, ‘नेपालमा दलाल पूँजीवादीहरूलाई चिहानमा नपुर्याइकन जनतालाई खुसी दिन सकिँदैन । हामी दलाल पूँजीवाद र पूँजीवादीहरूलाई चिहानमा पुर्याउनुपर्छ । यस्ताहरूलाई चिहानमा नपुर्याइकन नेपालमा समृद्धि आउँदैन ।’
विप्लवले दलहरूले कम्युनिष्टकाे नाममा जनता भाँडेकाे आराेप लगाएका छन् ।