×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेदरल्यान्ड्सलाई २१ रनले हराउदै श्रीलंका विश्वकप नजिक

नेदरल्यान्ड्सलाई २१ रनले हराउदै श्रीलंका विश्वकप नजिक

काठमाडौं- जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा श्रीलंका नेदरल्यान्ड्सलाई हराउँदै विश्वकप नजिक पुगेको छ ।

बुलाबायोमा रहेको क्विन्स स्पोर्टस् क्लबमा भएको खेलमा श्रीलंका २१ रनले विजयी भएको हो ।

श्रीलंकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रन बनाउँदै अलआउट भयो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्डले ६८ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

वेस्ले बेरेसीले ५० बलमा ६ चौका र १ छक्काको सहयोथमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । बास डि लिडले ५३ बलमा ३ चौकाको सहयोगमा ४१ रन बनाए ।

नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका लागि महेस थिक्सनाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । कप्तान दासुन शनका, लाहिरु कुमारा र दिल्सान मधुशंकाले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनमा अलआउट भएको थियो।

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्काको सहयोगमा ९३ रनको अर्धशतकीय ईनिङ खेले । श्रीलंकाले पहिलो बलमा ओपनर पथुम निसंकालाई गुमाएको थियो ।

अर्का ओपनर दिमुथ करुणारत्नेले ५१ बलमा ३३ रन बनाए । आठौं विकेटका लागि डि सिल्भा र महेश थिक्सनाले ७८ बलमा ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलमा पुर्याए । थिक्सनाले ४७ बलमा २८ रन बनाए ।  वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए ।

नेदरल्यान्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३/३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । रायन केलिन र आर्यान दत्तको नाममा समान १/१ विकेट रह्यो ।

सुपर सिक्सको पहिलो खेलमा नै जितका साथ सुखद सुरुआत गरेको छ । यस जितसँगै ६ अंकका साथ श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ ।

हार व्यहोरेको नेदरल्यान्ड्सको विश्वकपमा छनोटको सम्भावना कमजोर बनेको छ ।

प्रतिकृया दिनुहोस्