×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३०१ केन्द्रीय सदस्यको सूची ओलीको हातमा

३०१ केन्द्रीय सदस्यको सूची ओलीको हातमा

चितवन- चार नेताहरूले नेकपा एमाले केन्द्रीय सदस्यको सूची पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् ।

चितवनको सौराहास्थित होटल सफारीमा बसेर उनीहरूले एमाले केन्द्रीय सदस्यको सूची तयार पारेका थिए । नेता पृथ्वीसुब्बा गुरुङका अनुसार उक्त सूची नै अन्तिम हुने सम्भावना उच्च छ । यद्यपि आफूहरूले यसलाई प्रारम्भिक भनेको उनले मकालुखबरलाई बताए । विष्णु पौडेललले होटल सफारीको सोधपुछ कक्षमा प्रिन्ट गरेको उक्त सूचीमा ओलीले फाइनल रुजु गर्नेछन् ।

प्रतिकृया दिनुहोस्