×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अभिनेता विराज भट्ट परे दुर्घटनामा

अभिनेता विराज भट्ट परे दुर्घटनामा

काठमाडौं - चर्चित अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन् । उनी भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा घाईते भएका हुन् । अभिनेता भट्ट घाईते भएपछि यो फिल्मको छायांकन समेत रोकिएको निर्माण पक्षले जनाएको छ ।

भारतको लखनउमा छायांकन भइरहेको यो फिल्म केहि दिनसम्म छायांकन रोकिएको हो । विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो । उनको घुँडामा रगत जमेका कारण दुई साता डाक्टरले आराम गर्न सल्लाहा दिएपछि विराजले जानकारी दिएका छन् ।

फिल्मलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन् भने फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ । निषेधाज्ञा खुकुलो भएसँगै यो फिल्म छायांकनमा निस्किएको थियो । फिल्मको करिव ४० प्रतिशत भन्दा बढी काम सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्