काठमाडौं- प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारीले आज ९बुधवार० प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै छ । प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बुधवार ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको छ ।
आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् ।
आयोग स्रोतका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ । आयोगसँगको परामर्शमा सरकारले निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ । त्यस्तै निर्वाचन सम्पन्न गर्न करिब नौ अर्ब खर्च लाग्ने पनि आयोगको अ