×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

खुसी छु म

खुसी छु म

खुसी छु म
________  

                                                                        -दिपकजंग खत्री
जिन्दगी छोटो छ र पनि खुसी छु म
आफ्नो काममा खुसि छु, आराममा खुसी छु ।

आज खान लाउन मीठो मसिनो त छैन ,
र पनि म दाल भात मै खुसी छु ।

आज चढ्न लाई गाडी त छैन ,
र पनि म पैदल हिड्न मै खुसी छु ।

आज बस्न ठूलो घर महल त छैन
र पनि म सानो झुपडी मै खुसी छु ।

जसलाई देख्न सक्दैन ,
उसको आवाज सुनेर नै खुसी छु ।

जसलाई छुन सक्दैन ,
उसलाई महसुस गरेर नै खुसी छु ।

जसलाई पाउन सक्दैन ,
उसलाई सोचेर सम्झेर नै खुसी छु ।

हिजो बिताएका पलहरु त गैसके ,
र पनि ती पलहरुका मिठा यादमा खुसी छु ।

आउने पलहरु त थाहा छैन
र पनि ती पलहरुको पर्खाइ मै खुसी छु ।

प्रतिकृया दिनुहोस्