×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार, आरोपित पक्राउ

ललितपुरमा १५ वर्षीया किशोरीमाथि बलात्कार, आरोपित पक्राउ

काठमाडौँ- ललितपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  बलात्कारको आरोपमा ओखलढुङ्गाको चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियारलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार परियारमाथि विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ ती किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोप छ । पीडित पक्षबाट उजुरी परेपछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्