×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

काठमाडौं - नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो ।
६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य भएको थियो ।
 उक्त बैठकलाई नेता नेपाल समूहलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो ।
तर, फेरि आकस्मिक बैठक बोलाइएको छ । ओलीले बोलाउने बैठकमा नेपाल समूह भने अनुपस्थित रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्