×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदमा रास्वपा र राप्रपाको अवरोध आज पनि जारी

संसदमा रास्वपा र राप्रपाको अवरोध आज पनि जारी

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन्।
  सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए। 
उनले भिजिट भिसा प्रकरणमा सत्यसत्य बाहिर नल्याएसम्म संसदमा अवरोध कायमै रहने बताए।

त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि समय पाए। उनले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए।
 उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे।
 उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए।
भिजिट भिसा प्रकरणलाई लिएर दुवै दलहरूले लामो समयदेखि संसदमा विरोध जनाउँदै आएका छन्। 

प्रतिकृया दिनुहोस्