×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं - छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । हार सँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’ बाट नेपालसँगै समूह उपविजेताको रुपमा भुटानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । एकपक्षीय खेलमा पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । नेपालको जितमा अमिषा कार्कीले दुई गोल गर्नुभयो । रश्मी कुमारी घिसिङ,  सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गर्नुभयो ।

सात टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने च्याम्पियनसिपबाट बाहिरिसकेको छ । अब भारत र बंगलादेशबीचको खेलपछि आउने नतिजाले नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

यसैगरी नेपालकी रक्षक निशा थोकरले श्रीलंकाविरुद्ध राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्नुभएको छ । उहाँ ७५औं मिनेटमा पुनम मगरको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । घरेलु फुटबलमा एपीएफ क्लबबाट खेल्दै आउनुभएकी निशाले रौतहटबाट फुटबल सिक्नुभएको हो । 

प्रतिकृया दिनुहोस्