×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युवाहरुले जलाए गणतन्त्रको शव

युवाहरुले जलाए गणतन्त्रको शव

गणतन्त्र दिवसको दिन गणतन्त्रकै शव जलेको छ । गणतन्त्र धोका हो भन्दै केहि युवाहरुले गणतन्त्रको सांकेतिक शव बनाएर गणतन्त्रलाई ‘लास’ संग तुलना गर्दै जलाएका हुन् ।

संघिय लोकतान्त्रिक गणतन्त्रप्रति असन्तुष्ट युवाहरुले नारायणहिटी दरबार गेटमा एकोहोरो शंख फुकेर गणतन्त्रको बिरोध गरेपछि उक्त शवलाई पुन : शंख फुक्दै नारायणहिटी दरवारदेखि आर्यघाटसम्म लगेर गणतन्त्रको दाहसस्कार गरेका थिए ।

राम नाम सत्य हो, गणतन्त्रको अन्त्य होस, व्यवस्था फेल नेताहरुलाई जेल, गणतन्त्र धोका हो,आर्यघाटले के भन्छ गणतन्त्र ले भन्छ, माफियाहरु होसियार,दलालहरु होसियार, अरु हामी जान्दैनौ राजा बाहेक मान्दैनौ भन्ने जस्ता नारा लगाउदै आर्यघाटसम्म पुगेर शव जलाएका थिए।
नेताहरुले जनताहरुलाई ढाटे,देश दिन दुखी असाहय बिपन्न बर्ग, निमुखा जनताहरुको बारेमा सोच्ने माया गर्ने , जनताहरुको दुखमा साथ दिएनन भन्ने युवाहरुको भनाइ छ

 

बिरोध कार्यक्रमको नेतृत्व गरिरहेका संतोष राजावादीले भने, “भुकम्पमा जस्तापाता त्रीपालसम्म लुकाएर खाए, नाकाबन्दीमा जनतालाई साथ दिनु सहयोग गर्नुको साटो उल्टै कालोबजारी गरे। कोरोनाको समयमा पिपिइ चोरे , सिटामोलमा समेत भेदभाव गरे , मरेको लासमाथी पनि राजनिती गरे।”


अहिले देश सिमित माफियाहरुको हातमा पुगेकोले देशमा दलिय स्वार्थ राजनीतिक भागवन्डा र पराधीन सोचभन्दा माथि रहेको राष्ट्रिय एकताको प्रतिक देशभक्त राष्ट्रवादी शक्ति अभिभावकीय राजा र अनुशासित संरचना राजसस्था आजको अपरिहार्यता भएको उनीहरुको भनाइ छ।

प्रतिकृया दिनुहोस्