×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेसबुकले ल्यायो नयाँ अपडेट

फेसबुकले ल्यायो नयाँ अपडेट

काठमाडौं- प्रयोगकर्ताको बढ्दो आकर्षणसँगै फेसुबकले रिल्सको समय बढाएको छ । हाल फेसबुक रिल्समा ६० सेकेन्डसम्मको भिडिओ मात्र हाल्न सकिन्थ्यो ।

अब भने ९० सेकेन्डसम्मको भिडिओ राख्न सकिनेछ । गत वर्ष मात्रै अभिभावक कम्पनी मेटाले इन्स्टाग्राम रिल्समा भिडिओको समय बढाएर ६० सेकेन्डबाट ९० सेकेन्ड बनाएको थियो । यो सुविधा अब फेसबुक रिल्समा पनि उपलब्ध हुने भएको छ । 
यसको साथै कम्पनीले फेसबुक रिल्समा अन्य फिचरहरू पनि थप गर्ने भएको छ । अब फेसबुकमा आउने 'मेमोरी' का सामग्रीहरूलाई पनि जोडेर रिल्स बनाउन सकिनेछ । 

त्यसैगरी कम्पनीले फेसबुक रिल्समा भिडिओका नयाँ -नयाँ टेम्प्लेटहरू पनि उपलब्ध गराउने जनाएको छ । 

प्रतिकृया दिनुहोस्