×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवालाई स्वागत गर्न पुगे स्वतन्त्र उम्मेदवार सागर ढकाल

देउवालाई स्वागत गर्न पुगे स्वतन्त्र उम्मेदवार सागर ढकाल

डडेलधुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । २०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

ढकालले राजनीतिक संस्कार देखाउन स्वागतमा उभिएको बताए । ‘देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न आएको हुँ, सभामै बोल्न समय मागेको छु’ उनले भने ।

प्रतिकृया दिनुहोस्