काठमाडौँ - संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो।
यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन मेयर शाह बेल्जियम जाने बाटो खुलेको छ।