काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आफ्नो वार्षिक बजेट आगामी आइतबार, असार २९ गते सार्वजनिक गर्ने भएको छ। मेयर बालेन शाहले शुक्रबार बसेको ४०औं नगर कार्यपालिका बैठकमा सो प्रस्ताव गरेका हुन्।
राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ। सोही सीमाभित्र रहेर मेयर शाहले आइतबार दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत गर्नेछन्। बजेट प्रस्तुत गर्नुअघि सोही दिन बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने तालिका समेत तय भएको छ।
यो बजेटले काठमाडौंको पूर्वाधार, सरसफाइ, सम्पदा संरक्षण र अन्य विकासका योजनाहरूलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा सबैको चासो रहेको छ।