×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नोबेलको शिविरबाट फिदिमका २१ सय लाभान्वित

नोबेलको शिविरबाट फिदिमका २१ सय लाभान्वित

पाँचथर- पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरू ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका-८ ले आइतबार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो ।

दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ४८० जनाको भिडियो एक्स-रे, ५२४ जनाको रक्त परीक्षण र ३९५ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ ।

त्यस्तै २८ जना बिरामीको आँखाको सामान्य शल्यक्रिया गरिएको छ । यता, दाँतमा समस्या भएर आएका ७२ जना बिरामीको दाँत उखेलिएको छ । शिविरमा नोबेलको जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग लगायत विभागका विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् ।

गरिब तथा विपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्