×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

समानुपातिक सूची टुङ्ग्याउन काँग्रेस संसदीय समिति बैठक बस्दै

समानुपातिक सूची टुङ्ग्याउन काँग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौँ- प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । सूची टुङ्ग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।

पार्टी प्रवक्ता प्रकाशसरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ । आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उम्मेदवारको सूची टुङ्गो लगाउने उनको भनाइ छ ।

अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्