×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

भुलेरपनि नराख्नुहोस् पर्समा यी ४ चीज, बेवास्ता गरे भाग्नुपर्नेछ चरम आर्थिक संकट

भुलेरपनि नराख्नुहोस् पर्समा यी ४ चीज, बेवास्ता गरे भाग्नुपर्नेछ चरम आर्थिक संकट

काठमाडौं -  हिन्दु धर्ममा वास्तु शास्त्रको विशेष महत्व छ । हाम्रा वरपर भएका कुराहरुले जीवनमा सकारात्मक र नकारात्मक प्रभाव पार्छन् । सामान्यतया मानिसहरु आफ्नो पर्समा पैंसासँगै अन्य अतिरिक्त धेरै कुराहरु राख्छन् । वास्तु शास्त्रमा धेरै चीजहरुबारे वर्णन गरीएको छ । पर्समा केही चीजहरु राख्नु अशुभ मानिन्छ । वास्तु शास्त्रमा वर्णित कुराहरुका अनुसार, पर्समा पैंसाबाहेक अतिरिक्त धेरै कुराहरु पर्समा राख्दा आर्थिक संकट आउन सक्छ ।

पर्समा तल दिइएका निम्न कुराहरु राख्दा आर्थिक संकटसँगै अन्य समस्याहरु पनि आउने गर्छन् ।

१. भगवानको फोटो
वास्तु शास्त्र अनुसार कुनै पनी भगवानको फोटो पर्समा राख्नु हुदैन । यो विश्वास गरिन्छ कि पर्समा भगवान को फोटो राख्दा एक व्यक्ति ऋणको बोझ बोक्न सक्छ र धेरै बाधाहरु उसको जीवनमा आउन सक्छन् ।

२. मृत आफन्तहरुको फोटो
मृत आफन्त वा परिवारको फोटो पर्समा कहिल्यै राख्नु हुदैन । वास्तु शास्त्रमा यसलाई अशुभ मानिन्छ । यस्तो गर्नाले मानिस विभिन्न खालमा आर्थिक समस्याहरुबाट गुज्रनुपर्छ ।

३. चाबी
वास्तु शास्त्र अनुसार, चाबी पनि पर्समा राख्नु हुँदैन् । शास्त्र अनुसार पर्समा चाबी राख्दा जीवनमा नकारात्मकता आउँछ । पर्समा चाबी राख्दा आर्थिक संकटको समाना गर्नुपर्ने हुन सक्छ ।

४. पुरानो बिल
मानिसहरुको खरीदारी पछि बिल आफ्नो पर्समा राख्ने गर्छन् । वास्तु शास्त्र अनुसार पुरानो बिल पर्समा राख्नु शुभ हुँदैन् । यस्ता मान्छेहरुमाथि लक्ष्मी माताको कृपा रहँदैन भन्ने विश्वास गरीन्छ ।

प्रतिकृया दिनुहोस्