×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

न्यूजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

न्यूजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

काठमाडौं - टी-ट्वान्टी क्रिकेट विश्वकपको सह-आयोजक वेस्ट इन्डिज आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले  न्यूजिल्यान्डलाई १३ रनले हराएको हो । 

वेस्ट इन्डिजले खेलेका ३ वटै खेलमा जित हात पारेको छ । यता न्यूजिल्यान्डले भने खेलेका दुवै खेलमा पराजय भोगेको छ ।

आजको खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमात्र बनाउन सक्यो । न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोशेफले ४ तथा गुडाकेस मोटीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । वेस्ट इन्डिजका लागि शेरफाने रुथरफोर्डले ६८ रनको योगदान गरे । न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट हात पारे ।अंकतालिकाको पुछारमा रहेको न्यूजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्यूजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्यूजिल्यान्डले जित्नै पर्नेछ ।

प्रतिकृया दिनुहोस्