धनगढी - कैलालीमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार प्रतिवादीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका-७ मा प्रहरी टोलीले मिलन चन्द र हृदम ढुङ्गानालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, अभियुक्तहरूलाई पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेका थिए। कैलाली प्रहरी प्रमुख, एसपी बालनरसिंह राणाले भने, "अभियुक्तहरूले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि जवाफी कारबाहीमा गोली चलाउनुपरेको हो।"
प्रहरीले चलाएको गोली दुवै जनाको घुँडामुनि एक-एक राउन्ड लागेको छ। गोली लागेर घाइते भएका दुवैजनालाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।