काठमाडौं- पछिल्लो समय गर्मी मौसम बढ्दै गएसँगै लामखुट्टे पनि देखिन थालेका छन् । लामखुट्टे टोकाइबाट मानिसहरूमा विभिन्न संक्रमणहरु हुने गर्छन् । काठमाडौंसहित देशभर बढ्दो गर्मीसँगै विभिन्न सङ्क्रामक रोगहरूको जोखिम पनि बढ्ने गर्छ । गर्मी मौसममा विशेषगरी, झाडापखाला, जन्डिस, टाइफाइडलगायत सङ्क्रामक रोगको जोखिम बढी हुने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे बत्ताउँछन् ।
अहिले गर्मीमा लामखुट्टेको प्रकोप देखिरहेको छ । लामखुट्टेबाट कोरोना सर्छ कि सर्दैन भन्ने जिज्ञासा डा. पाण्डेले लामखुट्टे र जनावरको माध्यमबाट सर्छ भनेर अहिले सम्म प्रमाणित भइ नसकेको बताए ।
लामखुट्टेले टोकेपछि विभिन्न लक्षण देखिन्छन् । जस्तै आँखा दुख्ने, टाउको दुख्ने, चर्को ज्वरो आउने, हाड जोर्नी दुख्ने, मेनेनजाइटिस, इन्सेफ्लाइटिस, ब्रेन इन्फेक्सन हुने गरेको उनी बताउँछन् । उनले भने दुई वर्ष अगाडि पनि डेङगु महामारीको रूपमा फैलिएको थियो । फेरि पनि फैलन सक्छ ।
कोरोना संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को कोरोना संक्रमण नभएको व्यक्तिलाई टोक्दा कोरोना संक्रमण सर्छ कि सर्दैन भन्ने प्रश्नमा उनले भने, “त्यो एक त लामखुट्टेको प्रजाति हेरेर हुन्छ र अर्को मानिसको शारीरिक अवस्था मानसिक अवस्थामा पनि भर पर्छ । यती मात्र नभइ उक्त लामखुट्टेले कति जनालाई कति समय सम्ममा टोकेको छ भन्ने पनि हुन्छ । यसर्थ कोही वृद्ध मानिहरू पनि यस जोखिमबाट भएका छन् भने कोही युवा यही टोकाइबाट आईसीयूसम्म पुगेका छन् भने कसैको मृत्यु समेत भएको छ ।”
अहिले कोरोना नियन्त्रणका लागि लकडाउन भएको र सबै जना घरमा नै बस्ने भएको हुनाले सरसफाइमा ध्यान दिएका कारण विगत वर्षभन्दा लामखुट्टे कम मात्रका आएको उनले बताए । उनले थपे, “लामखुट्टे हामी कसरी बच्न सक्छौं भनेर हामी सबैलाई थाहा छ । मात्र यसलाई व्यवहारमा उर्तान पर्यो । आफ्नो घर वरिपरि सरसफाइमा ध्यान दिनुपर्यो , पानी जम्ने खाडलहरू पुर्ने, केमिकलहरू छर्ने, झुल प्रयोग गर्ने, किट , धूपलगायतका अन्य लामखुट्टे भगाउने उपायहरु गर्ने, जुन लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । यदि हामीले स्वास्थ्य रहन जिम्मेबार बोध गर्न सके हामी डेङगु, मलेरिया जस्ता रोगहरूबाट बच्न सकिन्छ ।”
कोरोना भाइरसको संक्रमण कसरी हुन्छ ?
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ ।
संक्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ ।
भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । विस्तारै ती अङ्गलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्याउन सक्छन् ।