×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित थपिए

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित  थपिए

एजेन्शी -  भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ ।
यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
यो संख्या सन् २०२० मार्चपछिको सब भन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् ।
यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख  ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ । 
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस्