×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा, यस्तो छ कारण

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा, यस्तो छ कारण

काठमाडौ - शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । 

याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएकाे थियाे । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्।

प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न र सरकारकाे लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषय बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्। 

उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेकाे बताएकी थिइन् । 

पछि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई पटक-पटक वार्ताका लागि बोलाएको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्