×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङमा भएको सवारी दुर्घटनामा परि दुईको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा परि  दुईको मृत्यु

दाङ - दाङको  घोराही-लमही सडकखण्ड अन्तर्गत  मुसोटमा भएको सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमामा लमही नगरपालिका-९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रबार बेलुका ५ बजेतिर घोराही-मसोटको ओरालोमा दुर्घटना भएको थियो ।

यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भिर रहेको छ । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

दुर्घटनामा लमही नगरपालिका- १ निवासी ४६ वर्षीय बेलपति तौधरी, सोही ठाउँ निवासी ७० वर्षीय लिलावति चौधरी, लमही नगरपालिका – १ निवासी ४० वर्षीय आशा चौधरी, लमही नगरपालिका -२ सोनपुर निवासी ५४वर्षीय सीता चौधरी, लमही नगरपालिका-२ सोनपुर निवासी ५५ वर्षीय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीय ववि चौधरी, लमही नगरपालिका -२ निवासी ३० वर्षीय श्यामकुमारी चौधरी, लमही नगरपालिका- ५ कोलही निवासी १८ वर्षीय अनुजा चौधरी, लमही नगरपालिका -र ६ खैरी निवासी ६३ वर्षीय यमराज नेपाली घाइते भएका छन् ।

त्यसैगरी लमही ६ निवासी ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षिया सुनिता नेपाली, ६१ वर्षीय जंगबहादुर घर्ती, २७ वर्षीय दिलु चौधरी, लमही नगरपालिका-७ निवासी ३८ वर्षीया चन्द्रकलि चौधरी, लमही नगरपालिका – ९ निवासी ३२वर्षीय कमल चौधरी घाइते भएका छन् ।
त्यसैगरी राप्ती गाउँपालिका- १ निवासी २८ वर्षीया दिलकुमारी चौधरी, राजपुर गाउँपालिका-१ गुरूङ्खोला निवासी २७ वर्षीया सावित्री वली,२ वर्षकी रोशी वली, राजपुर गाउँपालिका- ४ दुलहिया निवासी ४० वर्षीया फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका-१ निवासी खुरेली निवासी ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीया लालमाया घर्ती, घोराही उपमहानगरपालिका-१५ निवासी १८ वर्षीया अञ्जना चौधरी,२० वर्षीया आरती कुवर,२० वर्षीया सितल कुवर, मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३२ वर्षीया सुशीला पोख्रेल पनि घाइते भएका हुन् ।

प्रतिकृया दिनुहोस्