×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन दिन पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

तीन दिन पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

काठमाडौं -  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वका तीन दिन (१३-१५ मंसिर) पशुपतिनाथको मन्दिर वरपरका क्षेत्रमा मासु र मदिराजन्य पदार्थ बेच्न निषेध गरेको छ।

बालाचतुर्दशी पर्व ( शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर बिहीबारदेखि शनिबारसम्मका लागि पशुपतिनाथको पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मासु र मदिरा निषेध गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले पशुपति आसपासका क्षेत्रमा मदिरा, नशालु पदार्थ, माछामासु बिक्रिवितरण, उत्पादन, सेवन, ओसारपसार र भण्डारणमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तोकिएका चार किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको बिहीबार जनाएका छन् ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण बागमती लगायत पशुपति क्षेत्रको सबै भू-भागमा मासु र मदिराजन्य पदार्थ निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिकृया दिनुहोस्