×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालको ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

नेपालको ह्विलचेयर क्रिकेट टोली भारत जाँदै

काठमाडौं- ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज भारतको गुजरात प्रस्थान गर्दैछ । १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भारत जान लागेको हो ।

नेपाली खेलाडी टोलीको कप्तान हिमाल अर्याल छन् । टोलीका अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् ।


टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् ।

मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ ।


लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेशविरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार नै नेपाली टोलीलाई विदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्