×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘मिसेस नेपाल वर्ल्ड’मा वाईवाईको साथ

‘मिसेस नेपाल वर्ल्ड’मा वाईवाईको साथ

काठमाडौं- विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । प्रतियोगिताका आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको हो ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ । आगामी शनिबार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा तीनै प्रतियोगिताका लागि अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ । अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमै हुनेछ । आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

यता, ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौं संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड–१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जितरुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस्