×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो : मन्त्री आले

धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो : मन्त्री आले

डोटी-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।  सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ, उनले भने ।

उनले भने, “देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।”  “हाम्रा परम्परा, कला र संस्कृति संसारकै अद्वितीय हुन्, यही हेर्न र अध्ययन गर्नकै लागि नेपालमा विश्वबाटै पर्यटक आउने गरेका छन्, त्यसैले हाम्रा यी सम्पत्तिको संरक्षणमा हामी नै लाग्नुपर्छ । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनुहुँदैन ।” उनले भने ।

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गरी युवापुस्तासम्म लैजानुपर्नेमा जोड दिए ।  केही दिन अगाडि उनीमाथि अश्लील शब्द बोलेको र कुटपिट गरेको आरोप लागेको थियो ।

प्रतिकृया दिनुहोस्