×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ घाइते

गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ घाइते

कैलाली - गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी तराईतर्फ हिँडेपछि काम ठप्प भएको हो ।

गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए । “कुटपिटको घटनापछि त्यहाँ बस्ने वातावरण नै भएन, घटनालगत्तै कोही मोटरसाइकलमा र कोही पैदल हिँडेर गाउँ छाड्नु पर्यो”, एक कर्मचारीले भने, “सबै हिँडेपछि कार्यालयको सेवा प्रवाह रोकिएको छ ।”


आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका ६ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।

आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । हाल खिमडी भन्ने ठाउँमा रहेको गाउँपालिकाको कार्यालय वडा–१ को भकुण्डे भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको जनाइएको छ । खिमडी क्षेत्रबाट कार्यालय सबैको पायक पर्ने ठाउँमा सार्नुपर्ने माग विगतदेखि नै हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्