×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

कति छ पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पत्ति ?

कति छ पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पत्ति ?

नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भइसकेको छ । २०६५ सालदेखि पूर्वराजा ज्ञानेन्द्रले श्रीपेच र नारायणहिटी दरबार छाडेर निर्मल निवास र नागार्जुनमा बस्दै आएका छन् ।

राजा बीरेन्द्र र उनको परिवारको २०५८ साल जेठ १९ गते दरवारमा हत्या भएपछि ज्ञानेन्द्रले राजा बन्ने अवसर पाए । यसअघि नै उनका हजुरबुबा त्रिभुवन २००७ सालमा राणा शासन विरुद्ध भारतमा शरण लिन जादा तत्कालिन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाएका थिए ।

बाबु राजा बन्नु अगाडि राजा बने पनि ज्ञानेन्द्रको सक्रिय शासन गर्ने महत्वकाक्षांको कारण नेपालबाट राजतन्त्र बिदा भयो । राजा बन्नु अगाडि ज्ञानेन्द्र व्यवसायमा केन्द्रीत थिए । नेपालमा बेलाबेला भाइरल हुने गरेको समाचारमा उनलाई नेपालका १० धनी व्यक्ति भनेर समेत लिने गरिन्छ । यद्यपि यसमा सत्यता भने छैन । नेपालमा राजा ज्ञानेन्द्रको नेतृत्वमा नै पाँच तारे होटल सोल्टी खुलेको थियो ।

सोल्टी होटलमा उनको ४१ प्रतिशत सेयर स्वामित्व छ । सोल्टी होटल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सर्वसाधारणको समेत सेयर छ भने नेपाल स्टक एक्सचेन्जमा समेत यो सूचिकृत छ ।

मंगलबारको कारोबार अनुसार सोल्टी होटलको बजार पूँजीकरण १४ अर्ब रुपैयाँ रहेको छ । ४१ प्रतिशत स्वामित्वको आधारले पूर्वराजा ज्ञानेन्द्रको ५ अर्ब ७४ करोड बराबरको सम्पत्तिको सोल्टी होटलमा छ ।

राजा बीरेन्द्रको परिवारको हत्या भएपछि पूर्वराजा ज्ञानेन्द्रको नाममा भएको सम्पत्ति भने गणतन्त्रपछि सरकारको नाममा आएको छ । नेपाल ट्रष्टको नाममा विभिन्न जिल्ला तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको सेयर स्वामित्व ज्ञानेन्द्रबाट सरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र झापामा गएर बस्ने टि स्टेटपनि उनको नाममा रहेको छ । यसबाहेक सुर्य नेपाल प्रालिको समेत पूर्वराजा ज्ञानेन्द्रको सेयर छ । सुर्य नेपाल प्रालिले वार्षिक ९ अर्ब नाफा कमाउने गर्छ । यसमा नेपाली लगानीकर्ताको समूहको ३९ प्रतिशत सेयर छ ।

नेपाली लगानीकर्तामा पूर्वराजा ज्ञानेन्द्रको सेयर राम्रो परिणाममा रहेको छ । यसबाहेक विभिन्न कम्पनीमा पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको नाममा सेयर छ । मुख्यरुपमा नाफा कमाउने कम्पनीमा सोल्टी होटल र सुर्य नेपाल प्रालि हुन् ।

यसबाहेक पनि उनीसँग अर्बौंको चलअचल सम्पत्ति भएको बताइन्छ । गणतन्त्र आएपछि नारायणहिटीबाट बाहिरिने बेला उनले आफूमा सम्पत्तिको मोह नभएको बताएका थिए ।

त्यो बेला उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘ मेरो संपूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन।’

राजाबाट हटेपछि धेरैले अनुमान गरेका थिए कि ज्ञानेन्द्र शाह अब विदेश भासिन्छन् । तर आम अनुमानबिपरित उनी देशमै बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्