×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टिकटक र वीच्याटमा अमेरिकी राजनीति : ट्रम्पले प्रतिबन्ध लगाए, बाइडनले फुकुवा गरे

टिकटक र वीच्याटमा अमेरिकी राजनीति : ट्रम्पले प्रतिबन्ध लगाए, बाइडनले फुकुवा गरे

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पबाट जारी भएकाे कार्यकारी आदेश रद्द गरिदिएका छन्। राष्ट्रिय सुरक्षा सम्बन्धी विषयलाई लिएर ट्रम्पले टिकटक र वीच्याटजस्ता चिनियाँ एपमा प्रतिबन्धकाे याेजना अगाडि सारेका थिए।

तर व्हाइट हाउसले जारी गरेकाे एक वक्तव्यमा बाइडन प्रशासन टिकटक र वीच्याट प्रतिबबन्ध गर्ने हाेइन बरु विदेशी कम्पनीकाे नियन्त्रणवाला इन्टरनेट एपबाट हुने खतरा आँकलन गर्न विश्लेषण खाका बनाउनेछ।  सफ्टवेयर एपबाट यसकाे पहिचान हुनेछ।

यसमा विदेशी हितलाई बढवा दिने संगठनसँग जाेडिएङ्का एपसहित अपराधिक गतिविधिमा लिप्त सफ्टवेयर सामेल छन्। बाइडनद्वारा जारी नयाँ कार्यकारी आदेशमा वित्त विभागसहित अन्य संघीय एजेन्सीबाट संवेदनशील निजी डाटाकाे सुरक्षा सुनिश्चित गर्न विस्तृत दिशा-निर्देश बनाउने भनिएकाे छ।

प्रतिकृया दिनुहोस्