×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियन कप छनोट खेल्ने महिला फुटबल टिमको बिदाइ

एसियन कप छनोट खेल्ने महिला फुटबल टिमको बिदाइ

काठमाडौं - एएफसी एसियन कप छनोटमा सहभागी हुन नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ। समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउने लक्ष्य लिएको नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्सालले शुभकामना दिएका छन्।

उज्वेकिस्तानमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा परेको छ। यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन्। एसियन कपमा छनोट हुनका लागि नेपालले समूहको शीर्ष स्थानमा रहनुपर्नेछ, जुन टोलीका लागि एक चुनौतीपूर्ण अवसर हो। मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले यसअघि नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल असार १५ गते लाओससँग खेल्दै छनोट यात्राको सुरुवात गर्नेछ। त्यसपछि दोस्रो खेल १८ गते श्रीलंका र समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेल २१ गते आयोजक उज्वेकिस्तानसँग खेल्नेछ।

छनोट प्रतियोगिताका लागि घोषित २३ सदस्यीय नेपाली टोलीमा अनुभवी र नयाँ खेलाडीको सन्तुलन मिलाइएको छ। टोलीमा गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा, डिफेन्डर गीता राना र फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ जस्ता प्रमुख खेलाडीहरू समावेश छन्। टोलीमा उषा नाथ, अन्जना राना मगर, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइँ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बू, सविता राना मगर, सरस्वती हमाल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन्।

प्रतिकृया दिनुहोस्