×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री ओलीद्वारा त्रिविका उपकुलपति केशरजङ्गको राजीनामा स्वीकृत

प्रधानमन्त्री ओलीद्वारा त्रिविका उपकुलपति केशरजङ्गको राजीनामा स्वीकृत

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिहीबार प्रधानमन्त्री ओलीले उपकुलपतिको राजीनामा स्वीकृत गरेका हुन्।

पोखराका बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड' ले बराललाई विश्वविद्यालयको २० औं उपकुलपति नियुक्त गरेका थिए।

उपकुलपति बरालले त्रिवि सुधारका लागि काम गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्