×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : चोलेन्द्र शमशेर जबरा

म विधि र पद्धतिबाट आएको हुँ, मलाई न्याय चाहिन्छ : चोलेन्द्र शमशेर जबरा

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू विरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे ।

बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफू विरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकाङ्क्षा रहेको जबराको भनाइ छ ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफू कहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ थियो । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा भनेका थिए । उनले भने, ‘मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो ।’

कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो । उनले भने, ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ । म विधि र पद्धतिबाट आएको हुँ । पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।’

प्रतिकृया दिनुहोस्