×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुकुम्वासी बस्ती हटाउन सहयोग नगर्ने गृहको जवाफ

सुकुम्वासी बस्ती हटाउन सहयोग नगर्ने गृहको जवाफ

काठमाडौँ- संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीका अनाधिकृत संरचना र बस्ती हटाउन सहयोग नगर्ने भएको छ । बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौँ महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रूपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो ।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिँदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्व तयारी नभएसम्म सहयोग नहुने बताएको छ । गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ । उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्व तयारीसहित समग्र समस्या समाधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ,’ पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्