क्रिकेटर दिपेन्द्रसिंह ऐरीले छाडे प्रहरीको जागिर
असार ११, २०८२काठमाडौँ - नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। उनी सन् २०१६ देखि प्रहरी सेवामा थिए। प्रहरी प्रवक्ताका अनुसार, ऐरीले गत वैशाखमा दिएको राजीनामा स्वीकृत भइसकेको छ। राजीनामाको कारण 'घरायसी' भनिए पनि उनी विदेश जाने तयारीमा रहेको अनुमान गरिएको छ। यसबारे सोध्दा दिपेन्द्रले अहिले केही नबोल्ने बताएका छन्।
सबै पढ्नुहोस