एमाले स्थायी कमिटी बैठक आज, नेपाल समूह पनि छलफलमा
जेठ २०, २०७८नेकपा एमालेमा पार्टी एकताकाे कसरत भएकाे छ। आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन्। त्यही भएर बुधबार तय भएकाे एमाले स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएकाे थियाे। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बिहीबार पनि बैठक बाेलाएका छन्। एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गरेर बैठक डाकिएकाे बताए।
सबै पढ्नुहोस