२४ घण्टामा ५१ जनामा कोरोना संक्रमण, एक सय जना डिस्चार्ज
असोज ९, २०७९काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै कुल सक्रिय संक्रमितको संख्या १ हजार २२३ पुगेको छ । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।
सबै पढ्नुहोस