भक्तपुर २ मा सदर/बदर मतको विषयमा विवाद, रोकियो मतगणना
मङ्सिर ५, २०७९काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएकोमा निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गए राति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।
सबै पढ्नुहोस