×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ललितपुरको जङ्गलमा महिलाको शव फेला

ललितपुरको जङ्गलमा महिलाको शव फेला

माघ २४, २०७९

काठमाडौं - ललितपुरको गोदावरीमा एक जना महिलाको शव फेला परेको छ।  सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।  उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ। 

सबै पढ्नुहोस