दुइटा सहर कब्जा गरी मस्कोतर्फ बढ्दै रसियाको विद्रोही सेना
असार ९, २०८०रूसको निजी सैन्य कम्पनी 'वागनर समूह' रसियाको दुइटा सहर कब्जा गरी मस्कोतर्फ अघि बढिरहेको छ। अहिले सो समूह लिपेत्स्क प्रान्तमा प्रवेश गरेको छ। एपिएफका अनुसार प्रान्तका गभर्नरले सो समूह उक्त क्षेत्र प्रवेश गरेको बताएका हुन्। गभर्नर इगोर अर्टामोनोभले वागनर समूह हातहतियारसहित सो क्षेत्रमा प्रवेश गरेको बताएका हुन्।
सबै पढ्नुहोस