बैबाहिक जीवनमा बाँधिइन् इन्दिरा
जेठ ३१, २०७९काठमाडौं- गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्। मंगलबार उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन्। केही वर्षदेखि जोशी केडियासँग प्रेममा थिइन्। विवाहपश्चात गायिका जोशीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर सार्वजनिक गरेकी छन्। उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो।
सबै पढ्नुहोस