चितवनको जुगेडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
साउन २६, २०७९चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २४ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो ।
सबै पढ्नुहोस